ट्रेड युनियन कांग्रेस कास्कीद्वारा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सुरक्षा सामाग्री सहयोग

 असार २४, २०७७

पोखरा । नेपाल ट्रेड युनियन कांग्रेस कास्कीद्वारा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आईतबार स्वास्थ्य सुरक्षा सामाग्री (पिपिई) हस्तान्तरण गरेका छन् ।
पोखरा स्वास्थ विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक प्रा.डा. अर्जुन आचार्यले स्वास्थ्य सामाग्री ग्रहण गर्नु हुदै ट्रेड युनियन कांग्रेस कास्कीको सहयोगबाट स्वास्थ्यकर्मी र कर्मचारीको मनोवललाई उच्च बनाएको बताउनु हुदै गण्डकी प्रदेशकै मुख्य कारोना अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठानले संक्रमितहरुको उपचारमा कुनै कसुर बाकी नराखी काम गरिरहेको बताउनु भयो ।
ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य जित बहादुर गुरुङ र गण्डकी प्रदेश अध्यक्ष मुरारी शर्माले कोरोना महामारीले नेपाललाई पनि जटिल अवस्थामा पुर्‍याउन सक्छ , अहिले उच्च मनोबलकासाथ सेवामा खट्ने बेला रहेको बताउनु हुदै स्वास्थ्य क्षेत्रमा सहयोग गर्नु नै अहिलेको प्रमुख आवश्यकता रहेकोले युनियनले सहयोग गरेको र अन्य सहयोगी मनहरुले समेत स्वास्थ्य क्षेत्रमा आफुले सक्दो सहयोग गर्न अनुरोध गर्नु भयो ।
ट्रेड युनियन कांग्रेस कास्कीका अध्यक्ष विजयराज भण्डारीले कोभिड–१९ का संक्रमितहरुलाई स्वास्थ्यलाभको कामना गर्नु हुदै गण्डकी प्रदेशकै एकमात्र ठूलो अस्पताललाई कोरोना अस्पताल बनाइदा दैनिक १ सय १० जना भन्दा बढी मृगौला पीडित रोगीहरु र सयौं संख्यामा प्रसुतिको सेवा लिने महिला, न्यून आय भएका गरिब परिवारहरुलाई उपचारको समस्या आईरहेको जनाउनु हुदै कोरोना मात्र भनेर जनस्वास्थ्यको बेवास्ता गर्न नहुने तर्क राख्नु भयो । कोभिड–१९ ले विश्वमा महामारीको रुपमा फैलिरहदा अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मी नै अत्याधिक जोखिम रहेको छ । कोभिड–१९ बाट गण्डकी प्रदेशमा मात्रै ८ सय ९५ जना संक्रमित भइसकेका छन्। प्रदेशमै स्वास्थ्यकर्मीलाई समेत कोभिड–१९ को संक्रमण देखिएका छन्।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2