स्वर्ण जितेर इतिहास बनाएकी संगीता घर खर्च जुटाउन म्यादी प्रहरीमा भर्ना

 कार्तिक १५, २०७

काठमाडौं । तीन वर्षअघि नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुदमा दार्चुलाको शैल्यशिखर नगरपालिका स्थायी घर भएकी कञ्चनपुरकी संगीता धामीले नेपालको महिला कुस्ती खेलमा इतिहास बनाएकी थिइन् ।

उनी कुस्तीको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा स्वर्ण जित्ने नेपालकै पहिलो र एकमात्र महिला खेलाडी हुन् ।उनै महिला खेलाडी मंसिर ४ मा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि घर खर्च जुटाउन र आफ्नी आमालाई खुसी राख्न म्यादी प्रहरीमा भर्ना भएकी छन् ।

Public Patra Insert into Post

अन्तर्राष्ट्रिय स्वर्ण जितेर इतिहास बनाएकी संगीता त्यसयता पनि कामविहीनजस्तै बनिन् । एकल आमाको हेरचाह र वहिनीहरुको पढाई खर्चको जिम्मेबारी पनि आफैंले लिनुपर्दा संगीताले म्यादी प्रहरीले भर्ना हुने विकल्प रोजेकी हुन् ।

सागमा स्वर्ण जितेपछि सरकारले दिएको पुरस्कार रकम र केहि संस्थाहरुको सहयोगबाटै उनको घर चलेको थियो ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2