उपचार नपाएपछि हुम्लामा सुत्केरीको ज्यान गयो,नेताहरू भने फेरि चुनावी एजेन्डा लिएर गाउँ पस्दै

 कार्तिक १५, २०७

अदानचुली गाउँपालिका– ५ काँखे गाउँकी २० वर्षीया रंगिता शाहीले पनि अकालमै ज्यान गुमाइन्।

सुत्केरी ब्यथा लागेकाे ६ घन्टासम्म उपचार नपाएपछि सुत्केरी हुन नसकेर उनकाे मृत्यु भएको हो।गाउँमा औषधि नहुँदा समयमै स्वास्थ्य संस्था पुर्‍याउन नसक्दा उनको मृत्यु भएको मृतकका आफन्त बलबहादुर शाहीले बताए। समयमा उपचार नपाउँदा जिल्लामा दुई महिनामा दुई सुत्केरीले ज्यान गुमाइसकेका छन्।

Public Patra Insert into Post

गत असोजमा चार दिनदेखि छटपटाइरहेकी सर्केगाड गाउँपालिका– ७ की २४ वर्षीया पवित्रा शाही छत्यालको अत्यधिक रतस्रावले मृत्यु भयो। हुम्लामा जिल्ला अस्पतालमै पनि औषधि अभाव छ।

हुम्ली नागरिक अभावै अभावमा बाँचिरहँदा राजनीतिक दलका नेताहरू फेरि चुनावी एजेन्डा लिएर गाउँ पस्दा मतदाताहरू असन्तुष्ट छन्।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2