राष्ट्रिय फुटबलर सुमन अर्यालको प्रेमिका इशा भण्डारीसँग इन्गेजमेन्ट

 कार्तिक १६, २०७

काठमाडौं । नेपाल राष्ट्रिय पुरुष फुटबल टोलीका सदस्य सुमन अर्यालले प्रेमिका इशा भण्डारीसँग इन्गेजमेन्ट गरेका छन् ।नेपाल राष्ट्रिय फुटबल टोलीका रक्षक सुमन अघिल्लो हप्ता अस्ट्रेलिया पुगेका थिए ।

सुमन विगत केही वर्षदेखि इशासँग प्रेम सम्बन्धमा दिए । सुमन नवलपरासीका हुन् भने इशा काठमाडौंकी हुन् ।

Public Patra Insert into Post

उनी अध्ययन सिलसिलामा अस्ट्रेलिया पुगेकी थिइन् । सुमन भने एन्फा एकेडेमीका खेलाडी हुन् । उनले नेपालको यु १८, यु १९, यु २३ हुँदै राष्ट्रिय टोलीको नियमिति सदस्य हुन् ।

असोज ११ गते बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलमा सुमन राष्ट्रिय टोलीमा समावेश थिए । हाल अस्ट्रेलिया पुगेका सुमन कात्तिक ३० मा पाकिस्तानविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि भने उपलब्ध हुने छैनन् ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2