भुपेन्द्र राना मगरको मिठो गजल

 कार्तिक १६, २०७

निष्ठुरीले वचनको वाण पठाई रहेकोछ।
यता ढुकढुकीले कहर कटाई रहेकोछ।
तिमीले दिएको वचन काँडाभन्दा तीखो भेटियो।
यो मुटुमा अझैसम्म पनि बिझाई रहेकोछ।
जसलाई आफ्नो सम्झेको थिएँ झन् उहीँ टाढिए,
उसैको यादमा आँसुले गह भिजाई रहेकोछ।
यो प्राण सधैको लागि सेलाएर गएनी हुन्थ्यो।
त्यो तस्बिर हेरेर यो मनलाई तताई रहेकोछ।
एक मनले भन्छ छोडीदेऊ निष्ठुरीको यादहरू,
अर्को मनले धड्कन भित्र बसाई रहेकोछ।
Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2