तोसिमा कार्कीको उम्मेदवारी कायम राख्ने आदेशविरुद्ध निर्वाचन आयोग सर्वोच्च जाने

 कार्तिक १६, २०७

ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा। तोसिमा कार्कीको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोग सर्वोच्च अदालत जाने भएको छ । लाभको पदमा रहेको भन्दै निर्वाचन आयोगले तोसिमाको उम्मेदवारी खारेज गरिदिएको थियो ।

तर मंगलबार सर्वोच्च अदालतका न्यायाधीश डा। कुमार चुडालको इजलासले तोसिमाको उम्मेदवारी खारेज नगर्न अन्तरिम आदेश दिएपछि उनको उम्मेदवारी कायम रहेको छ । सो अन्तरिम आदेश खारेजीको माग गर्दै सर्वोच्च जाने तयारी भएको आयोग स्रोतले बताएको छ ।

Public Patra Insert into Post

‘सर्वोच्च अदालतले लाभको पदका बारेमा अलि गलत रुपमा व्याख्या गरेर अन्तरिम आदेश दियो भन्ने हाम्रो मूल्यांकन हो’ निर्वाचन आयोग स्रोतले भन्यो, ‘मंगलबार नै सर्वोच्च अदालतको अर्को संयुक्त इजलासबाट जारी भएको आदेश त्यो आदेशसँग बाझिन्छ । अन्तरिम आदेश अध्ययन गरेर हामी सक्दो छिटो सर्वोच्च अदालत जाने तयारीमा छौं ।’

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2