चुनावी प्रचारका लागि आफ्नो गृह जिल्ला डडेल्धुरा जाँदै प्रधानमन्त्री शेरबहादुर देउवा

 कार्तिक १७, २०७

बुधबार कैलालीको धनगढी पुगेका नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा चुनावी प्रचारका लागि आफ्नो गृह जिल्ला डडेल्धुरा जाँदैछन्।

देउवा मंसिर ४ मा हुने चुनावका लागि सत्ता गठबन्धनका तर्फबाट डडेल्धुरामा उम्मेदवार छन्।प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले आज मह्यान्ह १२:३० बजे अमरगढी नगरपालिकास्थित बसपार्कमा हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

Public Patra Insert into Post

डडेल्धुरामा जनता समाजवादी पार्टीबाट श्याम सिनाल उम्मेदवार छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोविन्द खडायत र नेपाली कांग्रेस बिपीबाट कर्णबहादुर मल्ल तथा स्वतन्त्रबाट सागर ढकाल, विक्रम शाही, लाल कठायत र कर्णसिंह रावल उम्मेदवार छन्।

देउवाले बुधबार कैलाली पुगेर पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै चुनाव शान्तिपूर्ण वातावरणमा हुने बताएका थिए।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2