इष्टर्न हाइड्रोपावरको आइपिओ बाँडफाँट,तपाईलाई पर्यो त ?यसरी हेर्नुहोस् नतिजा

 कार्तिक १७, २०७

इष्टर्न हाइड्रोपावरको आइपिओ बिहीबार बिहान बाँडफाँट भएको छ।

बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा कुल ६२ हजार ५१९ जनाले १० कित्ताको दरले सेयर पाएका छन् भने १२ लाख ९५ हजारभन्दा बढी आवेदकको हात खाली भएको छ।

Public Patra Insert into Post

उक्त आइपिओमा कुल १३ लाख ५८ हजार २२० जनाले आवेदन दिएकोमा १ हजार ९९६ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जानकारी गराएको छ।

कम्पनीले असोज २८ गतेबाट कात्तिक २ गतेसम्म उक्त आइपिओ बिक्री गरेको थियो।कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६ लाख ७० हजार ३१० कित्ता सेयर सर्वसाधारणमा बिक्री गरेको थियो।

लगानीकर्ताले बिक्री प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्।

साथै, कम्पनीको वेबसाइट तथा सिडीएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2