निर्वाचन आयो तर मतदातामा छैन उत्साह

 कार्तिक १८, २०७

प्रतिनिधिसभा र प्रदेशसभाको मङ्सिर ४ गते निर्वाचन हुँदैछ तर मतदातामा भने खासै उत्साह छैन ।

प्रत्येक निर्वाचनमा नेताहरु घर दैलोमा आउने, भोट माग्ने र जाने तर जिताएर पठाएपछि नागरिकको समस्या नबुझ्ने हुँदा नागरिकमा निराशा छाएको हो ।

Public Patra Insert into Post

अहिले विभिन्न टोल बस्तीमा होस् वा चोक चौतारीमा नागरिकको छलफल र चर्चाको विषय चुनाव बनेको छ । यतिबेला उम्मेदवारहरु मतदाता फकाउन घरदैलोमा पुग्न थालिसकेका छन् ।

तर उनीहरुसँग ठोस योजना छैन । हरेक निर्वाचनमा भोट माग्न आएका उम्मेदवारले आश्वासन दिएपनि चुनाव जितेपछि कुनै पनि जनप्रतिनिधिले आफ्नो माग पुरा नगरेकोले मतदाता पनि चुनावलाई लिएर खासै उत्साही देखिएका छैनन् ।

नेताहरुले निर्वाचनलाई व्यक्ति मोटाउने अवसरका रुपमा मात्र लिएको मतदाताको गुनासो छ । निर्वाचनको बेला अत्यधिक खर्च गर्ने प्रवृति बढ्दै गएको छ ।

यसका कारण निर्वाचित भइसकेपछि घोषणा पत्र कार्यान्वयन भन्दा निर्वाचन खर्च उठाउनेतर्फ ध्यान केन्द्रित गर्ने प्रवृति पनि बढ्दै गएको छ । यस्तो प्रवृतिका कारण पछिल्लो समय मतदाताहरुले नो भोटको अधिकार हुनुपर्ने माग गरिरहेका छन् ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2