आज कार्तिक १९ गते शनिबार, हेर्नुहोस तपाईको राशिफल

 कार्तिक १, २०७

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) दीर्घ प्रयोजनको लाभमूलक काम अघि सार्ने हो भने योजना बनाउने, साझेदार र मतियारका बीचमा छलफल गर्ने, प्रशासनिक तौरतरिका बुझ्ने र प्रयास गर्ने समय आएको छ । शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो ) नयाँ व्यवसाय वा रोजगारीको खोजी गरेमा प्रयास सफल हुने समय हो, तर शत्रु र प्रतिस्पद्र्धीको गतिविधिप्रति सचेत हुनु ठीक हुन्छ । लेखनरप्रकाशनको काम, परामर्श सेवा, लेखा सेवा, कन्सल्टेन्सी, वकालत, शेयर मार्केट, कम्प्यूटरसम्बद्ध काम वा वाणीप्रधान कामबाट फाइदा लिने दिन हो ।

Public Patra Insert into Post

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह ) विशेष गरी जो निरन्तर मिहिनेत गर्दछन् र केही नयाँ सिक्ने मनसाय राख्दछन्, तिनको प्रयास सफल हुने समय हो । आफ्नो प्रभाव बलियो बनाउन आफ्ना प्रियजन र सहकर्मीहरूलाई प्रोत्साहन गरेको जाती हुन्छ, किनकि विश्वास संसारको सबैभन्दा सुन्दर बिरुवा हो, जुन जमिनमा होइन मुटुमा उम्रन्छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) समय एवं परिस्थिति अनुकूल भए पनि बाध्यतामा खुम्चनु पर्दा इच्छा पूरा हुन सक्दैन । नयाँ व्यवसाय वा रोजगारीको खोजी गरेमा प्रयास सफल हुने समय हो, तर शत्रु र प्रतिस्पद्र्धीको गतिविधिप्रति सचेत हुनु ठीक हुन्छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) रूपसौन्दर्य र गहनागुरियामा आकर्षण बढ्नेछ, सिर्जनात्मक काम गीतसङ्गीत, नृत्यरअभिनय वा कला र साहित्यका विषयमा रूचि जाग्ने समय हो । मन रमणीयता र भावुकतातर्फ आकर्षित बन्ने हुँदा कुनै महत्त्वपूर्ण पाठमा कमजोरी र कसर देखिने डर देखिन्छ ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो ) जिद्दीपन र घमण्ड बढ्नेछ, गर्नुपर्ने काम वा जिम्मेबारीप्रति कुनै लगाव देखिंदैन, तर परीक्षामा खरो उत्रन अझ धेरै मिहिनेत गर्ने समय हो । लोकप्रियता बढ्ने तथा साझेदारी व्यवसायमा लाभ पाउने समय हो । भविष्यको चिन्ताले सताउन सक्छ, तर प्रयास गरेमा अधिकारको स्थापना गर्न सकिने छ ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते ) प्रेमसम्बन्ध र दाम्पत्य सुखका लागि महत्त्वपूर्ण दिन छ । पारिवारिक वातावरण पनि सुमधुर रहनेछ । घुमघाम र मस्तीमा खर्च बढ्नेछ । आत्मविश्वासमा बृद्धि हुनाले थप सफलता प्राप्त हुनेछ । शिक्षाक्षेत्र, आर्थिक कारोबार, सुनचाँदी जस्ता गहनागुरियाका व्यापारीका लागि राम्रो दिन देखिन्छ ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) करियर परिवर्तन र उच्च शिक्षा प्राथमिकताको विषय बन्नेछ । दूरदराजको यात्रा वा वैदेशिक प्रयोजनको कामका लागि राम्रो छ, तर जीवनका विभिन्न आयाममा सन्तुलन राख्न प्रयास गर्नुपर्छ । कार्यालयीय काम सजिलै सम्पन्न हुने र सन्तुष्टि लिन सकिने दिन हो, तर आज घरपरिवार वा आफन्तको भावनालाई समेट्न सकेमा थप सन्तुष्टि मिल्नेछ ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भ ) सहकर्मीहरूको भावना बुझी काम गर्न सके पुरानो समस्या पनि हल गर्न सकिने छ । अल्छी गरेर बस्ने हुँदा व्यक्तित्वमा आँच आउने वा भविष्यमा धोका हुनसक्ने दिन छ । कामको चाप बढ्ने समय छ । परिस्थिति हेरी कार्य गर्ने प्रयास गर्नुपर्छ, नत्र आफ्नै कमजोरीले मन दुःखित बन्नसक्छ ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि ) नयाँ परियोजना वा साझेदारीको शुभारम्भका लागि उपयोगी दिन हो । सामूहिक क्रियाकलाप वा क्लबमा सहभागी हुँदा नयाँ विचार र योजनाहरू प्रकट हुनेछन् । सुखसुविधा बृद्धिका लागि विभिन्न सामाग्रीको किनमेल गरिने छ ।

कुम्भ( गु, गे, गो, सा, सि, सु, से, सो, द ) कार्यस्थल र घरपरिवारमा खुसी र उमङ्गको वातारवरण रहेको छ । आर्थिक मन्दी चल्दैछ भने नयाँ रणनीति कार्यान्वयन गर्नुहोस्, सफलता पाउन सक्नुहुन्छ । आत्मबल र जोसजाँगर बढ्नेछ, घरायसी काम समयमैं टुङ्ग्याएर भावना साटासाट गर्दै पतिपत्नी एकान्तमा रमाउने समय हो ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि ) सेवाग्राही वा सिनियरसँग कुनै पनि बहसमा नअलमलिनु होला, नत्र सामान्य मानेको कुराले नै पछि तनाव बढाउने खतरा देखिन्छ । तालमेल र पारदर्शिता राखेर सम्बन्ध राख्नु ठीक हुनेछ, ससाना कुरा पनि लुकाउने वा छल्ने काम गर्नु हुँदैन, नत्र विश्वासको सङ्कट हुनसक्छ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2