कालीगण्डकी नदीमा नियमित र्याफ्टिङ सञ्चालन हुने

 कार्तिक १, २०७

कालीगण्डकी नदीमा नियमित र्याफ्टिङ सञ्चालन हुने भएको छ ।साहसिक खेलमार्फत पर्यटक भित्र्याउन लागि परेको हार्नेस जीप लाइन तथा एड्भेन्चर रिर्सोटले र्याफ्टिङ सञ्चालनलाई निरन्तरता दिने थालेको हो ।

बिहीबार इजरायलदेखि आएका समूहलाई जलयात्रा गराउँदै र्याफ्टिङका लागि परीक्षणसमेत गरेको कम्पनीले  छोटो दूरीमा जलयात्रा गर्न चाहनेले दुई घण्टा र लामो यात्राका लागि दुई देखि तीन दिनसम्मको यात्रा गराउने भएको छ । “अहिले कालीगण्डकी नदीमा र्याफ्टिङले निरन्तरता पाउन सकेको छैन ।

Public Patra Insert into Post

अब भने साउने बहरमा रहेको हार्नेस रिसोर्टदेखि र्याफ्टिङ सुरु हुनेछ”, कम्पनीका सञ्चालक नरेन्द्र केसीले भने, “स्याङ्जा, पर्वत र गुल्मी जिल्लाको सिमानामा रहेको कालीगण्डकी ‘ए’ जलविद्युत् परियाजनाको जलाशय मिर्मीमा पुगेर यात्रा टुङ्गिन्छ ।”

उक्त नदीमा पोखराका आधा दर्जन कम्पनीमार्फत र्याफ्टिङ सञ्चालन हुँदै आएको थियो । अब भने हार्नेस कम्पनीले कुश्माबाट नै र्याफ्टिङको सुविधा उपलब्ध गराउने सञ्चालक सुनिल बानियाँले जानकारी दिए । उनका अनुसार सफल परीक्षण सकिएको हुँदा हप्ता दिनभित्रै र्याफ्टिङका लागि बुकिङ खुल्ला गरिने छ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2