कोमल वलीलाई निर्वाचन आयोगले सोध्यो २४ घन्टे स्पष्टीकरण

 कार्तिक १, २०७

दाङ क्षेत्र नं. ३ की नेकपा (एमाले) की उम्मेदवार कोमल वलीलाई निर्वाचन आयोगले २४ घन्टे स्पष्टीकरण सोधेको छ।

प्रतिनिधि सभा सदस्य पदकी उम्मेदवार वलीले प्रचारप्रसारका लागि बालबालिकाको प्रयोग गरेको विषयमा आयोगले स्पष्टीकरण सोधेको हो।

Public Patra Insert into Post

कात्तिक १५ गते जिल्लाको बिकट क्षेत्र मानिने बबई गाउँपालिका वडा नं. १ गंगटेको सरस्वती जनता माविमा उम्मेदवार वलीले स्कुले बालबालिका भेला गरि निर्वाचन सम्बन्धित छलफल गरेको खबर शुक्रबार सार्वजनिक भएपछि निर्वाचन आयोगले उम्मेदवार वलीलाईस्पष्टीकरण सोधेको हो।

आयोगले निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग गर्नु हुँदैन भन्ने जानकारी हुँदाहुँदै सो कार्य गरेको देखिएकोले२४ घन्टा भित्र स्पष्टिकरण दिने आयोगले भनेको छ।निर्वाचन आचारसंहितामा ‘निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने स्पष्ट व्यवस्था गरिएको छ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2