बलियो डोरि रोज्नुको कारण- मार्मिक गजल भुपेन्द्र राना मगर

 कार्तिक २०, २०७

तिमी बिनाको यो मेरो जीवन रोगीको हुनेछ।

सुमधुर बोली देऊ आधा रोग निको हुनेछ।

Public Patra Insert into Post

यति महत्त्वपूर्ण बनेर आउनु जीवनमा,

बाँच्न जति महत्व मुटु कलेजीको हुनेछ।

मात्र तिम्रो लागि जिउँछु मर्छु भनिदेऊ,

तिम्रो आसन प्राणभन्दा माथीको हुनेछ।

कति माया गर्छौ भनेर मूल्य नसोध प्रिया,

अमुल्य चाहाना मन र मुटु देखिको हुनेछ।

परिकल्पना नि गर्न सक्दिनँ हाम्रो बिछोडको,

जिन्दगी कालो रात त्यो पनि औंसीको हुनेछ।

 

केही होलाकी भनेर मियो रोजेको हुँ।

प्रेमको भारी बोक्न बरियो रोजेको हुँ।

कैँचीले झै काटिएको नाता जोड्नलाई,

फाटेको मन सिउन सियो रोजेको हुँ।

मन जल्यो तन जल्यो सुर्यको तापले,

म आफैं पुतली बनेर दियो रोजेको हुँ।

कसरी सक्थेँ माया पिरती जलाउँन,

जलाउँनलाई आफ्नै हियो रोजेको हुँ।

बलियो मानेको नाता नै चुडिए पछि,

आफै झुन्डिने डोरी बलियो रोजेको हुँ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2