एमालेलाई गाउँ गाउँमा भब्य स्वागत,एमालेको जीत सुनिश्चित छ-सरेश नेपाल

 कार्तिक २२, २०७

निर्वाचनको मिति नजिकिँदै गर्दा दलका उम्मेदवारहरु आफ्नो प्रतिवद्धतासहित गाउँ-बस्तीमा
पुगेका छन्‌ । निर्वाचनको प्रचारलाई तीव्रता दिएका उम्मेदवार तथा दलका प्रतिनिधिहरु एकैदिन दर्जनबढी
गाउँ तथा बस्ती पुग्ने गरेका छन्‌ ।

सिन्धुपाल्चोमा नेकपा (एमाले) का प्रतिनिधि र प्रदेश सभाका उम्मेदवारहरु निर्वाचन प्रचारमा मत माग्न जिल्लाका बिभिन्न गाउँबस्तीहरुमा पुग्नेक्रम निरन्तर चलिरहेको छ । चुनाव प्रचारसँगै एमाले उम्मेदवारहरुले बिभिन्न बस्तीहरुमा पार्टी प्रवेशको कार्यक्रमलाई समेत निरन्तर्ता दिएकाछन्‌।

Public Patra Insert into Post

आज मंगलबार निर्वाचन क्षेत्र १ अन्तर्गत बलेफी गा.पा २,३ मा एमालेका प्रतिनिधिसभाका उम्मेदवार सरेश नेपाल निर्वाचन केन्द्रित सभा तथा घरदैलोमा सहभागी भए ।घर दैलो अभियानमा पुगेका एमालेका उम्मेदवारहरुले जनताको अपार माया र साथ पाएकोमा गर्वअनुभुत गरेको बताएका छन्‌ ।
जनताको खास सवालमा नेकपा एमालेले मात्र संवोधन गर्न सक्छ ।जनताको पार्टी एमाले नै हो भन्ने आम जनताले अनुभव गरेको पाएँ । त्यसैले निर्वाचन जिल्लेमा ढुक्क छु,’प्रतिनिधिसभाका उम्मेदवार नेपालले विश्वास ब्यक्त गरे ।

आफ्नो पार्टी सुशासन, समृद्धि र राष्ट्रियताको प्रतीकको रुपमा स्थापित हुनु नै एमालेको जीत सुनिश्चित
भएको नेता नेपालको भनाई छ ।May be an image of 7 people and people standing

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2