प्यूठानमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, १२ घाइते

 कार्तिक २३, २०७

प्यूठानमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु १२ घाइते भएको छ।प्यूठान नगरपालिका–५ खैराबाट पूर्णगाउँतर्फ जाँदै गरेको लु १ ज ३७०७ नम्बरको जिप दुर्घटना हुँदा घटनास्थलमै ३ जनाको मृत्यु भएको हो।

दुर्घटनामा ४६ वर्षीय खुमन थापा, ४३ वर्षीया बच्ची थापा जुनकी र ५२ वर्षीया मैमा घर्तीको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा १२ जना घाइते भएका छन्।

Public Patra Insert into Post

जिप मंगलबार मध्यरात १२ बजेतिर दुर्घटनामा परेको प्रहरीको भनाइ छ। परिचालकलाई प्रहरीले पक्राउ गरेको छ भने चालक भने फरार रहेका छन्।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2