सिन्धुपाल्चोकमा एचआइभी सङ्क्रमितको सङ्ख्या बढ्यो ,पुग्यो एक सय २१ जना

 कार्तिक २३, २०७

सिन्धुपाल्चोकमा एचआइभी सङ्क्रमितको सङ्ख्या एक सय २१ पुगेको छ ।लामो समयदेखि जिल्लामा एचआइभी÷एड्स नियन्त्रणका लागि काम गर्दै आएको मिर्मिरे समूहका अध्यक्ष किपक तामाङका अनुसार सङ्क्रमितहरूमध्ये ५३ महिला र ६८ पुरूष  छन् ।

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने इचोक गाविसमा सवैभन्दा बढी एचआइभी सङ्क्रमित भेटिएको छ । तीस जना सङ्क्रमितहरूमध्ये ११ महिला र १९ पुरुष रहेका छन् ।

Public Patra Insert into Post

गत वर्ष जिल्लामा ४३ महिला र ५२ पुरुष गरी ९५ मा एचआइभी(एड्स देखिएको थियो । समूहका अध्यक्ष तामाङका अनुसार यो सङ्ख्या अझै बढी हुनसक्छ ।

उनले भने , “यो तथ्याङ्क त हामीसँग सम्पर्कमा आएकाहरूको मात्रै हो, हामीजस्ता सङ्घसंस्थाहरूको सम्पर्कमा आउन नचाहनेको सङ्ख्या अझै बढी रहेको अनुमान गरेका छौँ ।मिर्मिरेको तथ्याङ्कमा जिल्लामा ६ बालबालिकामा एचआइभी भेटिएको छ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2