उम्मेदवारको मृत्यु भएपछि पुनःफास्टट्रयाकबाट उम्मेदवारी दर्ता

 कार्तिक २३, २०७

मोरङ प्रदेश १ सभाका लागि चुनावी प्रतिस्पर्धा गरिरहेका कांग्रेसका उम्मेदवार शेखरचन्द्र थापाको मृत्यु भएको छ । थापाको मृत्यु भएपछि फास्टट्रयाकबाट पुन उम्मेदवारी दर्ता हुने भएको हो।

मोरङको ३ ‘क’ निर्वाचन क्षेत्रबाट प्रदेश सभामा कांग्रेसका ५८ वर्षीय शेखरचन्द्र थापाको डेंगु संक्रमणले निधन भएपछि प्रत्यक्षतर्फको चुनावी प्रतिस्पर्धाका लागि पुनः सोही दलबाट फास्टट्रयाकबाट अर्को उम्मेदवारको मनोनयन दर्ता हुने भएको हो।

Public Patra Insert into Post

निर्वाचन कार्यालयले प्रकाशित गरेको सूचनाअनुसार मृत्यु भएका उम्मेदवारको स्थानमा अर्को उम्मेदवारको मनोनयन दर्ता गराउने, सूची प्रकाशन गर्ने र दाबी विरोधउपर २४ गते नै छिनोफानो गर्नेछ।

प्रदेश १ सरकारका वन, वातावरण तथा भूसंरक्षणमन्त्री रहेका थापा डेंगु संक्रमण भएपछि ज्वरोले थलिएका उम्मेदवार थापा २४ असोजमा उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा भर्ना भएका थिए। काठमाडाै‌ंमा समेत उपचार गराएर फर्किएका उनको २३ कात्तिक बिहान साढे १० बजे विराटनगरस्थित नोबेल अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो।

मन्त्री थापाको निधनको शोकमा प्रदेश १ सरकारले २४ कात्तिकमा सार्वजनिक बिदा घोषणा गरेको छ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2