मुक़्तिनाथको दर्शन गर्दै आज २०७९ कार्तिक २४ गते बिहिबारको राशिफल हेर्नुहोला

 कार्तिक २४, २०७

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आयको मार्ग सबल छ, तर बोली र व्यवहारमा निकै सतर्कता अपनाउने समय हो, कुरा काट्नेहरूले तपाईंको छिद्र खोतल्ने प्रयास गर्नेछन् । विगतको लगानीको प्रतिफल प्राप्त हुन थाल्नेछ, त्यस्तै कारोबार र हिसाबकिताव क्लियर गर्ने समय हो ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आफ्नो रूचिको विषयमा अगाडि बढ्ने थुप्रै अवसरहरू देखा पर्नेछन् । प्रयास गरेमा खूबी र क्षमताको पहिचान हुने समय छ । कार्यक्षेत्रमा सहजता आउने तथा मनमा रचनात्मक क्षमताको विकास हुने दिन छ, पहिचान दिलाउन तथा कलात्मक भावनालाई प्रस्फुटन गर्न समय अनुकूल छ ।

Public Patra Insert into Post

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) छलछाम र हेलचक्र्याइँ नगर्नु होला, पार्टनरलाई सारा गोपनीय कुरा खुलाएमा र विश्वास जित्न सकेमा मात्र प्रेम सफल बन्नेछ । मौजमस्ती, आनन्द र रामरमाइलोमा केन्द्रित दिन छ, आर्थिक सङ्कट बढ्ने समय भएकाले मनलाई लगाम लगाउनु बेस हुन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पारिवारिक सुखमा अभिबृद्धि हुने तथा छोराछोरीबाट सन्तोष मिल्ने समय छ । ज्ञान वा अनुभवको प्रयोग गरी कुनै महत्त्वपूर्ण विषयमा लाभ लिन सकिने छ । बौद्धिक र ज्ञानमूलक क्षेत्रमा थप मिहिनेत गर्ने दिन हो, सहयोगी र मित्रवर्गको साथ जुटाउनसके महत्त्वपूर्ण उपलब्धि लिन सकिने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) हाकिमको सद्भाव र सहानुभूति प्राप्त हुनाले महत्त्वाकाङ्क्षी काम सुरु गर्न सकिन्छ । कार्य सम्पादनमा निखार आउनाले थप अवसर मिल्नसक्छ । परिबन्द र बाध्यतामा अलमलिनु पर्ने समय छ, तर पनि आपसी समन्वय र तालमेल कायम रहने दिन हो ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) लवमेटका तर्फबाट कुनै सुन्दर उपहार प्राप्त हुनेछ, जुन तपाईंको प्रेमसम्बन्धको दीगो प्रतीक बन्नसक्छ । बौद्धिक र ज्ञानमूलक विषयमा रूचि बढ्ने एवं शुभचिन्तकहरूको साथ पाइने राम्रो दिन छ, सुखद समाचार सुन्न पाउँदा दिन प्रेरणास्पद बन्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) किताब, प्राक्टीकल र ल्यापटपमा मात्र घोरिएर दिमाग भारी हुने समय छ, एकाग्रताका लागि ध्यान, मेडिटेशन र योग गर्नु राम्रो हुन्छ । स्वास्थ्यमा कमजोरी र शरीरमा आलस्य जाग्नाले कारोबार प्रभावित हुने समय छ, अरुको करकापमा परेर काम गर्नुपर्ने परिस्थितिसमेत देखिन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) जीवनसाथी वा प्रेयसीसँग लामो कुराकानी वा सम्बन्धरसम्पर्क हुने दिन हो, उता आयका दृष्टिले पनि थप धनार्जन गर्न सकिने समय छ । कामधन्दाबाट हिजोअस्ति झैं नै फल प्राप्त हुनेछ, तर पारिवारिक आवश्यकताले काम छाड्नुपर्ने वा कतै यात्रामा जानुपर्ने परिस्थिति बन्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) ऊर्जा, ग्यास, इलेक्ट्रिक, खेलकुद र धातुजन्य पेसामा आबद्ध कारोबारीका लागि राम्रै दिन रहनेछ, तर पनि मस्तिष्कलाई आराम हुने समय छैन । खिसीट्युरी गर्नेहरू प्रबल हुने दिन हो । हुन त तर्क र बहसमा विजय प्राप्त हुनेछ, तर घमण्ड र जिद्दीपना त्याग्नु होला, नत्र ठूलो कलहको वातावरण बन्नसक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) भावुक र संवेदनशील बन्न सकिन्छ तर पनि बौद्धिक क्षमता वा सीप बढाउने प्रयत्न गर्नुपर्छ । जस्तै चुनौतीपूर्ण काम भए पनि सफल भइने दिन हो । गोपनीयता कायम राखी काम गर्न सके कार्यक्षेत्रमा प्रशंसा बटुल्न सकिने छ, तर आज घरपरिवार र छोराछोरीलाई समय दिनुपर्ने हुन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) आक्रामक व्यवहारका कारण आफन्त वा शुभचिन्तकमा गलत प्रभाव पर्नसक्छ । साथीहरूले पनि तपाईंको क्रियाकलापको आलोचना गर्नेछन्, उता व्यक्तिगत स्वास्थ्यस्थितिप्रति पनि सचेत हुनुपर्छ । मनोरञ्जन र खेलवाडले लक्ष्यप्राप्तिमा कठिनाइ उत्पन्न गर्नेछ, आफ्ना विषयवस्तुमा अरुले अधिकार जमाउन सक्छन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) सार्वजनिक क्षेत्र, सेवामूलक काम, ढुवानी र निर्माण सामाग्रीका कारोबारीले राम्रो गर्नसक्ने दिन हो, तर सामाजिक काम वा सँगीसाथीका कारण केही बाधा हुनसक्छ । घरपरिवारभित्र कसैको पेसागत वा व्यवसायिक उन्नतिको समाचार सुन्न पाइने छ, त्यस्तै पारिवारिक जमघट वा भोजभतेरमा सहभागी बन्नुपर्ने दिन छ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2