निर्वाचन अवधिभर सिन्धुपाल्चोकमा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक

 कार्तिक २४, २०७

जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन अवधिभर सिन्धुपाल्चोकमा मदिराजन्य विक्री बितरणमा रोक लगाइएको छ ।

निर्वाचन स्वच्छ, भयरहित एवं शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न मदिराजन्य पदार्थको बिक्री वितरण तथा सेवनमा रोक लगाएको जानकारी दिएको छ ।२५ गते शुक्रबारदेखि निर्वाचन सम्पन्न नभएसम्म जिल्लामा मदिरा ओसार पसार, बिक्री वितरण र सेवन गर्न पूर्णरुपमा रोक लगाइएको सूचनामा उल्लेख छ ।

Public Patra Insert into Post

मदिरा सेवन गरी सार्वजनिक स्थानमा होहल्ला हुने कुटपिट झैझगडा हुने निर्वाचन बिथोल्न सक्ने हुदा कोही कसैले मदिरा ओसारपसार, बिक्री वितरण र सेवन गरेको पाइए प्रचलित कानुन बमोजिम कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठले बताए ।

यस्तो छ  जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2