काठमाडौं -२ लाई ५ बर्षमा हरेक क्षेत्रमा कायापलट गर्न सकिन्छ -स्वतन्त्र उम्मेदवार अनुप बोहरा

 कार्तिक २४, २०७

काठमाडौं क्षेत्र नम्वर २ मा एक सफल यूवा उद्यमि एवम समाजसेवी अनुप वोहोरा आसन्न   प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा  निर्वाचनमा स्वतन्त्र उम्मेदवार भई खुकुरी क्रस चुनाव चिन्ह लिएर चुनाव लड्दै छन ।

विगत लामो समयदेखि उनले विभिन्न संघ सस्थालाई आर्थिक सहयोग गरि समाजको एक उदारहणीय काम गरेर सफलता हाँसिल गरिसकेका उनले ५०० देखि ६०० जनालाई रोजगार प्रदान गरिरहेका छन ।विगत लामो समय समाजसेवा गरे पछि अब भने यो देशको लागी सेवा गर्छु भन्दै राजनितिमा आएका छन।

Public Patra Insert into Post

उनि भन्छन् म ठुला ठुला सपनाको भारी बाड्न जान्दिन राजनिती दलको जस्तो धेरै सपनाहरु देखाउन र झुट बोल्न आएको होईन् । हाम्रो देशमा गर्नुपर्ने कामको लिष्ट लामो बन्छ । समाज परिवर्तन यूवाबाटै सम्भव छ र कुनै पनि वाधा आए पछि नहट्ने उनको दाबी छ । रोजगार सिर्जनामा उनको अहम भूमिका रहने पनि उनले बताएका छन ।पोलिसि लेभलबाट नै देश बन्न सक्ने र म जिते पनि हारे पनि परिवर्तनको बाटो सधैं हिड्ने उनि बताउँछन ।May be an image of 2 people, people standing and text that says '#AnupForMP https://anupbohara.com.np 9851107671, 9849979742 चुनाव चिन्ह अनुप बोहरा युवा नेता, युवा उदयमी स्वतन्त्र उम्मेदवार प्रतिनिधि सभा काठमाडौ क्षेत्रनंर् मडिसर 8 गते खुकुरी कस चिन्हमा मतदान गरौ अनुप बोहरालाई बिजय गराओ। परिवर्तन र आर्थिक समृद्धिको लागि अनुपको संसद अभियानको लागि सहयोग गर्नुहोस'

सरकारी क्षेत्रबाट पूरा देशभर युवा उद्यमी जन्माउन सकिन्छ, याे देशकाे राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा एउटा सांसद भएर ठूलाे परिवर्तन ल्याउन सक्ने बलियाे आँट, मेराे शिक्षाकाे विज्ञता अनि विगत ७ वर्षदेखिकाे निरन्तर परिश्रमका कारण आफूलाई सांसदकाे याेग्य उम्मेदवार ठानेर उम्मेदवारी दिएको उनले बताए।

नेपाललाई आईटी सेक्टरमा पूरै डेभलपमेन्ट गर्नकाे लागि र नेपाली युवाहरुलाई राेजगारी दिनकाे लागि, नेपालकाे सामाजिक अनि आर्थिक अवस्था माथि उठाउनका लागि नेपालकाे सरकारी कार्यालयमा पारदर्शी, भ्रष्टाचारमुक्त गरेर कामलाई अति सहज र सरल तरिकाले सम्पन्न गर्ने गरी प्रविधिमार्फत अघि बढ्ने कल्पना गरेकाे ,सरकारी कामहरु एप्लिकेशन निर्माण गरेर सम्पन्न गर्ने ,आईटी क्षेत्रमा ठूलाे लगानी गरेर विश्वस्तरीय आईटी मेनपावर अनि आईटी वैज्ञानिकहरु पैदा गरेर ठूला ठूला आईटी कम्पनीहरु खाेल्ने,सबै सिस्टमलाई डिजिटल रुपमा छिटो छरितो अनि भ्रष्टाचाररहित सेवा र सुशासनका लागि  प्रतिबद्धता ब्यक़्त गरेका छन।

काठमाडाैं २ का जनताको दुःख कष्ट पिर मर्का देखेर धेरै भाबुक छु । बोल्न केहि शब्द छैनन् ।सहरको यो अवस्था लाई पाँच बर्ष भित्रमा काया पलट गर्न सकिन्छ । जिम्मा र दायीत्व तपाईहरुले दिनुभयो भने कसम खाएर भन्ने छु कि तपाई जनतालाई गर्व गर्न योग्य काम गरेर देखाउने प्रतिबद्धता गरेको छु उनले भने

 

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2