यू-१५ महिला साफको उपाधि नेपाललाई

 कार्तिक २५, २०७

काठमाडौं । बंगलादेशमा आयोजना भएको यू-१५ महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि नेपालले जितेको छ।शुक्रबार ढाकामा भएको डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा बंगलादेशसँग १(१ गोलको बराबरी खेल्दै नेपाल च्याम्पियन बनेको हो ।

खेलमा सुरुवाती अग्रता नेपालले बनाएको थियो । १४औं मिनेटमा सुशिला केसीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । तर, खेलको ५४औं मिनेटमा रुमाले गोल गर्दै बंगलादेशलाई १-१ गोलको बराबरीमा ल्याईन् ।

Public Patra Insert into Post

त्यसपछि खेलको ८९औं मिनेटमा बंगलादेशले पेनाल्टी प्राप्त गर्यो । तर, बंगलादेशकी बीबी रिताको पेनाल्टी गोलकिपर सुजताले उत्कृष्ट बचाउ गरिन् ।

त्यसपछि थप गोल भएन र खेल बराबरीमा सकिदा नेपाल च्याम्पियन बनेको हो । उक्त बराबरीसँगै नेपालले ४ खेलमा अपराजित रहदै १० अंक जोडेर शीर्ष स्थानमा रहदै नेपालले उपाधि उचाल्न सफल भयो ।  बंगलादेश भने ४ खेलमा ७ अंक जोडेर उपविजेता बन्यो । भुटान अंक विहीन रहदै घर फर्कियो ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2