विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण नेपालमा अन्योल बन्दै

 कार्तिक २६, २०७

विश्वकप फुटबलको मिति नजिकिँदै गर्दा नेपाली दर्शकलाई भने विश्वकप कसरी हेर्ने भन्ने समस्या देखिने सम्भावना बढेको छ।

आगामी ४ मंसिरबाट सुरु हुने २०२२ को फिफा विश्वकप फुटबल प्रतियोगिता सुरु हुँदै गर्दा नेपालमा प्रसारण अधिकारका बारेमा सर्वोच्चमा मुद्दा परेसँगै विश्वकपको लाइभ प्रसारणमा बाधा आउने जोखिम देखिएको हो।

Public Patra Insert into Post

नेपालमा विश्वकपको प्रसारणका लागि यो पटक मिडिया हबले दक्षिण एसियाली प्रसारण अधिकार पाएको भायकम १८ बाट ‘एक्स्लुसिभ’ अधिकार खरिद गरेको थियो। तर उसले विश्वकपको लाइभ प्रसारणका लागि अतिरिक्त शुल्क उठाउने निर्णय गरेसँगै पक्ष र विपक्षमा बहस सुरु भएको थियो।

जुन बहस अदालतसम्म पुगेपछि अब विश्वकप के हुन्ने भन्ने अन्योल्ता अदालतको फैसलामा निर्भर भएको छ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2