पाकिस्तानविरुद्ध इंग्ल्यान्डले टस जितेर पहिला बलिङ गर्ने

 कार्तिक २७, २०७

काठमाडौं । आठौं संस्करणको आइसिसी टी२० विश्वकप २०२२ को फाइनलमा पाकिस्तानविरुद्ध इंग्ल्यान्डले टस जितेर पहिला बलिङ गर्ने भएको छ । अष्ट्रेलियाको मेलबर्न क्रिकेट मैदानमा भएको टसमा इंग्ल्यान्डका कप्तान जस बटलरले जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् ।

इंग्ल्यान्ड र पाकिस्तान दुबैले आजको खेलमा कुनै परिवर्तन गरेका छैनन् । इंग्ल्यान्डले दोस्रो सेमिफाइनल खेलमा भारतलाई १० विकेटले हराउँदै फाइनलमा पाकिस्तानसँग भेट पक्का गरेको हो ।

Public Patra Insert into Post

पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै पाकिस्तानले फाइनलमा स्थान बनाएको थियो ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2