दार्चुलामा गठबन्धन र एमालेका कार्यकर्ताबीच झडप,एकजना गम्भीर घाइते

 कार्तिक २७, २०७

आइतबार दिउँसो दार्चुलामा सत्तारुढ गठबन्धनका समर्थक र नेकपा एमालेका कार्यकर्ताबीच कुटाकुट भएको छ।झडपमा गठबन्धनका कार्यकर्ता घाइते भएको बताइएको छ।

एमालेका कार्यकर्ताको कुटपिटबाट नौगाड गाउँपालिकाका जयभान धामी गम्भीर घाइते भएको हो।आक्रमणमा परेका धामी बेहोश रहेको र जिल्लामा उपचार हुन सम्भव नभएपछि उनलाई धनगढी ल्याउन पठाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

Public Patra Insert into Post

आक्रमणमा परेका धामी नेकपा (माओवादी केन्द्र) दार्चुला काठमाडौं सम्पर्क समन्वय समितिका अध्यक्ष समेत हुन्। धामीको टाउकोमा रडले प्रहार गरिएको बताइएको छ।

एमाले दार्चुलाले भने गठबन्धनका कार्यकर्ताले नै विवाद झिकेर झडप भएको दाबी गरेको छ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2