स्वतन्त्र उम्मेदवार अनुप वोहोराले आमसभामा उतारे हजारौको सङ्ख्यामा जनमानस

 कार्तिक २७, २०७

काठमाडौं क्षेत्र नम्वर २ मा एक सफल यूवा उद्यमि एवम समाजसेवी अनुप वोहोरा आसन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार भई खुकुरी क्रस चुनाव चिन्ह लिएर चुनाव लडेका छन ।

यसै क्रममा हिजो उनले बृहत आमसभा आयोजना गरेका थिए। आमसभामा हजारौको सङ्ख्यामा जनमानसको उपस्थिति रहेको थियो।साथै धेरै मिडियाको पनि उपस्थिति रहेको थियो। आफ्नो भिजन देखेर आफु माथि भरोषा र बिस्वास गरेर उपस्थित हुने सम्पुर्ण जनमानसलाई धन्यवाद दिएका छन। साथै हजुर हरुको माया बिस्वास भरोषा लाई टुट्न दिने छैन उनले भने।

Public Patra Insert into Post

विगत लामो समयदेखि उनले विभिन्न संघ सस्थालाई आर्थिक सहयोग गरि समाजको एक उदारहणीय काम गरेर सफलता हाँसिल गरिसकेका उनले ५०० देखि ६०० जनालाई रोजगार प्रदान गरिरहेका छन ।विगत लामो समय समाजसेवा गरे पछि अब भने यो देशको लागी सेवा गर्छु भन्दै राजनितिमा आएका छन।

उनले सभामा बोल्दै म ठुला ठुला सपनाको भारी बाड्न जान्दिन राजनिती दलको जस्तो धेरै सपनाहरु देखाउन र झुट बोल्न आएको होईन् । हाम्रो देशमा गर्नुपर्ने कामको लिष्ट लामो बन्छ । समाज परिवर्तन यूवाबाटै सम्भव छ र कुनै पनि वाधा आए पछि नहट्ने र रोजगार सिर्जनामा अहम भूमिका रहने पनि उनले बताए।

नेपाललाई आईटी सेक्टरमा पूरै डेभलपमेन्ट गर्नकाे लागि र नेपाली युवाहरुलाई राेजगारी दिनकाे लागि, नेपालकाे सामाजिक अनि आर्थिक अवस्था माथि उठाउनका लागि नेपालकाे सरकारी कार्यालयमा पारदर्शी, भ्रष्टाचारमुक्त गरेर कामलाई अति सहज र सरल तरिकाले सम्पन्न गर्ने गरी प्रविधिमार्फत अघि बढ्ने कल्पना गरेकाे ,सरकारी कामहरु एप्लिकेशन निर्माण गरेर सम्पन्न गर्ने ,आईटी क्षेत्रमा ठूलाे लगानी गरेर विश्वस्तरीय आईटी मेनपावर अनि आईटी वैज्ञानिकहरु पैदा गरेर ठूला ठूला आईटी कम्पनीहरु खाेल्ने,सबै सिस्टमलाई डिजिटल रुपमा छिटो छरितो अनि भ्रष्टाचाररहित सेवा र सुशासनका लागि प्रतिबद्धता ब्यक़्त गरेका छन।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2