इंग्ल्यान्डले पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै जित्यो टी२० विश्वकपको उपाधि

 कार्तिक २७, २०७

काठमाडौँ । इंग्ल्यान्ड टी-२० विश्वकपको उपाधि जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै विश्वकपको उपाधि जितेको हो ।इंग्ल्यान्डलेको लागि बेन स्टोक्सले सर्बाधिक ५२ रन बनाएका थिए । स्टोक्सले उत्कृष्ट ब्याटिंग गर्दै ४९ बलमा अविजित ५२ रन बनाएका थिए ।

त्यस्तै कप्तान जोस बटलरले २६ रन बनाए भने ह्यारी ब्रूकले २० रनको योगादन दिएका थिए । त्यसैगरी मोइन अलीले १९ र फिल साल्टले १० रनको योगदान दिएका थिए ।

Public Patra Insert into Post

त्यस्तै पाकिस्तानका बलर हरिस राउफले २ विकेट लिए भने शाहिन शाह अफ्रिदी र षडाब खानले १/१ विकेट लिए ।      यसअघि टस हारेर पहिला ब्याटिंग गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाउदै १३७ रन बनाएको थियो ।

पाकिस्तानका लागि शान मसूदले सर्बाधिक ३८ रन बनाएका थिए भने कप्तान बाबर आजमले ३२ रन बनाए । त्यस्तै षडाब खानले २०, मोहमद रिजवानले १५ रनको योगदान दिए ।

त्यसैगरी ईङल्याण्डका बलर साम कुरानले सर्बाधिक ३ विकेट लिए । कुरानले ४ ओभरमा १२ रन दिएर ३ विकेट लिदै उत्कृष्ट प्रदर्शन गरेका थिए ।त्यस्तै आदील रशिद र क्रिस जोर्डनले २/२ विकेट लिए भने बेन स्टोक्सले एक विकेट लिए ।

योसँगै इंग्ल्यान्डले दोस्रो पटक आइसीसी टी-२० विश्वकपको उपाधि जितेको छ । इंग्ल्यान्डले यस अघि २०१० मा वेस्टइण्डिजमा आयोजित विश्वकप जितेको थियो ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2