पुजा तामाङ र कर्साङ तामाङको आवाजमा‘सक्सेन थाहा तागाई’सार्वजनिक (भिडियो सहित)

 कार्तिक ३०, २०७

पछिल्लो समय धेरैको मन मुटुमा बसेका लोकप्रिय गायक तथा संगीतकार कर्साङ तामाङ र गायिका पुजा तामाङको सुमधुर आवाजमा रहेको नयाँ तामाङ प्रेमगीत ‘सक्सेन थाहा तागाई” बोलको म्युजिक भिडियो  सार्वजनिक भएको छ।

सोमबारमित्रनगर बसपार्क स्थित बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनमा एक पत्रकार सम्मेलनका बिच तामाङ समुदायको पहिलो गायक तथा तामाङ सेलो सम्राट चन्द्रकुमार मोक्तानको प्रमुख आतिथ्यतामा ‘सक्सेन थाहा तागाई’ बोलको गीत भिडियो सहित सार्वजनिक गरेको हो ।

Public Patra Insert into Post

सार्वजनिक गीतमा डि.एण्ड.डी लामाको सब्द रहेको छ भने गितमा कर्साङ तामाङको संगीत यवम मिक्सिङ  रहेको छ lसार्वजनिक गीतमा कर्साङ तामाङ र पुजा तामाङको सुमधुर आवाज सुन्न सकिन्छ।

भिडियोलाई सन्चु थोकरले निर्देशन गरेका हुन । छायांकन सन्चु थोकरले नै गरेका छन भने सम्पादन र रंग संमयोजन जोन राईनले गरेका छन ।उक्त भिडियोमा सरोज तामाङ र याङकी दोङको अभिनय रहेको छ ।

उक्त गीतको भिडियो Pooja Tamang Official युटुब बाटच्यानलमार्फत सार्वजनिक गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2