जुम्लामा जिप दुर्घटना हुँदा ६ जना घाइते,एककोअवस्था गम्भीर

 मङि्सर ०१, २०७

निर्वाचन सामग्री लिएर जुम्लाको सदरमुकाम खलंगादेखि तातोपानी गाउँपालिका–८ मा रहेको जनजागृती माध्यमिक विद्यालय मतदान केन्द्र ताम्ती जाँदै गरेको भे १ च २१८८ नम्बरको जिप दुर्घटना हुँदा मतदान अधिकृतसहित ६ जना घाइते भएका छन्।

बिहीबार दिउँसो साढे २ बजे तिला गाउँपालिका–४ रावतबाडामा अनियन्त्रित भई जिप सडकदेखि करिब २० मिटर तल खसेको छ।मतदान केन्द्रमा खटिएका मतदान अधिकृत हरिप्रसाद देवकोटा, सहायक मतदान अधिकृत आदीप्रसाद न्यौपाने, नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक सीताराम दराई, सहायक हवलदार सुरज चन्द, प्रहरी जवान राजेन्द्र विष्ट र कार्यालय सहयोगी अंगराज गिरी घाइते भएका छन्।

Public Patra Insert into Post

घाइतेहरूको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2