हेलम्बु कल्लेरीमा नवजात शिशु जन्माई जिउदै घाँटी थिची हत्या गर्ने पक्राउ

 मङि्सर ०१, २०७

हेलम्बु गाउँपालिका– ५ कल्लेरी बस्ने वर्ष २२ की रबिना तामाङलाई नवजात शिशु जन्माई जिउदै घाँटी थिची हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

सोहि ठाउँ बस्ने मानबहादुर तामाङले रबिना तामाङले नवजात शिशु जन्माई जिउदै घाँटी थिची हत्या गरी खरबारीमा २ फिट खाडल खनी शिशुलाई पुरेको भन्ने उजुरी दिएपछि तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक शिवकुमार बुढाथोकी जानकारी दिए ।

Public Patra Insert into Post

प्रहरी टोलीले घटनास्थलको अनुसन्धान एवम् लास जाँच मुचुल्का समेत गरी पोर्टमार्टमको लागि पठाएको थियो ।तामाङको श्रीमान वैदेशिक रोजगारको सिलसिलामा ३ वर्ष देखि विदेशमा रहेको समेत प्रहरीले जनाएको छ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2