बाजुराको हिमाली गाउँपालिका ३ गुम्बामा रहेको मतदान केन्द्रमा ५५ जना मतदाता

 मङि्सर ०२, २०७

बाजुराको हिमाली गाउँपालिका ३ गुम्बामा रहेको मतदान केन्द्रमा ५५ जना मतदाता रहेका छन् ।बाजुराको सर्वाधिक विकटमा रहेको यो गाउँमा २०७४ सालको स्थानीय चुनावमा मतदान केन्द्र स्थापना भएको थियो ।

२०७४ सालको पहिलो चरणको स्थानीय चुनाव अगावै गुम्बा गाउँवासीले मतदान गर्न जाँदा बास बस्नुपर्ने बाध्यताको समाचार सार्वजनिक भएपछि निर्वाचन आयोगले गुम्बा गाउँको हिमाल भक्ति आधारभूत विद्यालयमा मतदान केन्द्र स्थापना गरेको थियो ।

Public Patra Insert into Post

गुम्बा गाउँका बासिन्दाले गाउँमै मतदान केन्द्र स्थापना भएपछि तेस्रो पटक मतदान गर्ने भएका छन् ।गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा यहाँ ६० जना मतदाता थिए । मृत्यु भएका पाँच जनाको नाम हटाउँदा ५५ जना कायम भएको  हो।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2