गोरखामा निर्वाचनमा धाँधली भएको भन्दै पुनः मतदान गर्न माग

 मङि्सर ०५, २०७

निर्वाचनमा धाँधली भएको भन्दै गोरखाका केही मतदान केन्द्रमा पुनः मतदान गर्न माग गरिएको छ । नेकपा एमाले लगायतका अन्य केही साना दलले १२ मतदान केन्द्रमा पुनः मतदान हुनुपर्ने माग गरेका हुन् ।

सोमबार पत्रकार सम्मेलन गर्दै उनीहरुले गोरखा–२ को सात मतदान केन्द्रमा धाँधली भएको बताए ।सत्ता र शक्तिको आडमा मृतक, वेपत्ता र विदेशमा रहेकाहरुको नामबाट पनि मतदान भएको एमालेको आरोप छ ।

Public Patra Insert into Post

अन्य उम्मेदवारका फर्जी प्रतिनिधि खडा गरेको, आफ्ना प्रतिनिधिमाथि हातपात गरेको आरोप समेत उनीहरुले लगाएका छन् । निर्वाचन आचारसंहिता विपरीत बुथ कब्जा गर्दा समेत प्रहरी र प्रशासन मौन बसेको उनीहरुले आक्रोश समेत व्यक्त गरे ।

पुनः मतदान नभएसम्म मतगणनामा सहभागी नहुने अडान लिएपछि गोरखामा अझै मतगणना सुरु हुन सकेको छैन ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2