पिपुल्स हाइड्रोको आईपीओ आज बाँडफाँड

 मङि्सर ०७, २०७

पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले कात्तिक २५ गतेदेखि कार्तिक २९ गते, मंगलबारसम्म सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड आज (मंसिर ७ गते, बुधबार) हुँदैछ ।

निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडका अनुसार कम्पनीको आईपीओ आज बुधबार क्यापिटलको कार्यालय, नक्साल, काठमाडौँमा दिउँसो ४ बजेदेखि गरिनेछ ।

Public Patra Insert into Post

कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १२ लाख ३४ हजार ३ सय १० जना लगानीकर्ताहरूले १ अर्ब ४६ करोड २७ लाख ३९ हजार रूपैयाँ बराबरको १ करोड ४६ लाख २७ हजार ३ सय ९० कित्ताका लागि आवेदन दिएका छन् । कम्पनीको आईपीओ ५ लाख १५ हजार जना लगानीकर्ताहरूले १० कित्ता प्राप्त गर्नेछन् । कुल १२ लाख लगानीकर्ताको आवेदन परेको हुनाले यो आईपीओ पर्ने सम्भावना प्रबल रहेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि छुट्याइएको सेयर बाँडफाँड गरी बाँकी रहेको ८ लाख ६ हजार ३९० कित्ता सहित कुल ५६ लाख ६ हजार ३९० कित्ता सेयर निष्कासन गरेको हो।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2