विश्व कप फुटबलमा जापानले जर्मनीलाई २–१ गाेलले हरायाे

 मङि्सर ०७, २०७

विश्व कप फुटबलमा एसियाकाे पावर हाउस मानिएकाे जापानले उपाधि दाबेदार जर्मनीलाई हराएकाे छ ।पहिलो हाफ १-० गोललले पछि परेको जापानले दोस्रो हाफमा सानदार प्रदर्शन गर्दै खेलमा २ गोल गरि खेल आफ्नो पक्षेमा पारेको हो ।

खेलको ३३औँ मिनेटमा जर्मनीका इल्काए गुन्डोगनले पेनाल्टीबाट गोल गर्दै १-० गोलको अग्रता दिलाए । जर्मनीका खेलाडीलाई डिबक्सभित्र जापानका सुइची गोन्डाले लडाएपछि पेनाल्टी पाएको थियो ।

Public Patra Insert into Post

यसअघि खेलको आठौँ मिनेटमा जापानका डाइजेन माएडाले गोल गरे । तर अफसाइड भएको कारण उनको गोलले मान्यता पाएन । खेलको १७औँ मिनेटमा एन्टोनियो रुडिगरले कर्नरबाट आएको बललाई हेड गर्दै गोल गर्ने प्रयास गरे । तर उनले गरेको हेडर बल पोस्ट नजिकैबाट बाहिरिएको थियो ।

खेलको २०औँ मिनेटमा डेविड राउमले प्रहार गरेको प्रहार जापानका गोलकिपरले मुस्किलले बचाए । यस्तै पहिलो हाफको अतिरिक्त समयमा जर्मनीले गोल गरे पनि उक्त गोलले मन्यता नपाउदा थप अग्रता बनाउन सकेन ।

तुलनात्मक रुपमा आक्रमण खेल खेलेको जर्मनीको लागि जापानका गोलरक्षक निकै बाधक बने ।

जापनकाको लागि रित्सु डोओनले खेलको ७५औँ मिनेटमा गोल गर्दै १-१ गोलको बराबरी बनाएको हो । ताकुमा असानोले खेलको ८३औँ मिनेटमा गोल गर्दै जापानलाई २–१ गोलको अग्रता दिलाए ।

उक्त बराबरीसँगै पहिलो खेलमै जापानले ३ अंकसहित सुखद सुरुवात गरेको छ । यता पराजित जर्मनीले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2