प्यूठान क्षेत्र नं. २(‘ख’)बाट निर्माता तथा निर्देशक रोज राणा विजय

 मङि्सर ०८, २०७

काठमाडौँ । फिल्म निर्माता, कलाकार तथा निर्देशक रोज राणा (सरोज थापा) प्यूठान प्रदेशसभा ‘ख’ बाट विजयी भएका छन् । नेपाली कांग्रेसबाट उम्मेदवार बनेका राणाले २२५१९ मतका साथ विजय प्राप्त गरेका हुन् ।

उनका निकटतम् प्रतिद्वन्दी एमालेका हरि रिजालले १ हजार ७१२ मत कम अर्थात २०८०७ मत पाएका थिए । राणा प्यूठान क्षेत्र नं. २ का क्षेत्रीय सभापति पनि हुन् ।

Public Patra Insert into Post

पहिलो प्रयासमै प्रदेशसभामा विजयी हासिल गर्न सफल भएका उनलाई यसअघि कांग्रेस सत्तामा हुँदा केही पटक चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्ति गर्ने प्रयास पनि भएको थियो ।

‘दादागिरी’ बाट फिल्म निर्माणमा होमिएका राणाले ‘डन’, ‘खलनायक’, ‘टक्कर दुई मुटुको’, ‘म छु नि तिम्रो’ लगायतका आधा दर्जन बढी फिल्म बनाएका छन् । फिल्म अभिनय समेत गर्ने राणा ‘जय पशुराम’ बाट निर्देशनमा समेत हात हालेका थिए ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2