सिन्धुपाल्चोकमा गठबन्धनको सानदार जित

 मङि्सर ०, २०७

सिन्धुपाल्चोक । दुई प्रतिनिधि सभा र चार प्रदेश सभा निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकमा गठबन्धनले सानदार जित हासिल गरेको छ । क्षेत्र नम्बर २ बाट लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका मोहन बहादुर बस्नेत विजयी भएका छन् । भने क्षेत्र नम्बर एकमा माधव सापकोटा सुबोध निर्वाचित भए ।

शेर बहादुर तामाङलाई ११ हजार ८ सय ७४ भारी मतान्तरमा हराउँदै बस्नेतले जित निकालेका छन् । सिन्धुपाल्चोक निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका लागी यो पहिलो जित समेत हो । बस्नेतले ३९ हजार  ३ सय ६७ मत ल्याउदा शेर वहादुर तामाङले २७ हजार ४ सय ९३ मत ल्याएका थिए ।

Public Patra Insert into Post

सिन्धुपाल्चोक क्षेत्र नं २ प्रदेशसभा ‘क’ मा  बागमति प्रदेशका पूर्व सामाजिक विकास मन्त्रि युवराज दुलाल (शरद) भारी मतले विजयी भएका छन् ।शरदले २० हजार ९ सय ६ मत पाएका छन् । एमालेका उम्मेदवार अमान सिं तामाङलाई ८ हजार ७ सय ६७ फराकिलो मतान्तरले पछाडि पार्दै शरद बागमति प्रदेशसभा सदस्यमा निर्वाचित भएको हो ।

यस्तै निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा ख  मा कृष्ण कुमार तामाङ समिर विजय भएका छन् । एमालेका हस्त पण्डित भन्दा १ हजार ५ सय ५ मत बढी ल्याउदै समिर बागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । उनले १७ हजार ७ सय ५८ मत ल्याउदा एमालेका हस्त पण्डितले १६ हजार २ सय ५३ मत प्राप्त गरेका थिए ।

सिन्धुपाल्चोक क्षेत्र नं १ प्रदेशसभा ‘ख’ मा गठबन्धनको तर्फबाट  नेकपा माओवादी केन्द्रका सरल सहयात्री पौडेल विजयी भएका छन् । पौडेलले १७ हजार २५६ मत ल्याएर विजयी बने । उनका प्रतिद्वन्द्वी एमालेका होम नारायण श्रेष्ठलाई ४ हजार २४३ को  मतान्तरले पछाडि पार्दै सरल बाग्मती प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

सिन्धुपाल्चोक क्षेत्र नं १ प्रदेशसभा ‘क’ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी मसिना खड्का बिजयी भइसकेकी छिन् ।

एमालेका युद्ध विक्रम तामाङलाई ११ सय ६२ मतले पछि पार्दै कांग्रेसकी मसिना खड्का प्रदेशसभा सदस्यमा निर्वाचित भएकी हुन् ।खड्काले १४ हजार ६ सय ५२ मत प्राप्त गरेर विजयी हासिल गरिन

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2