समानुपातिकको मतगणनामा ओलीको आशंका,मतगणनामा रहेकालाई चनाखो रहन आग्रह

 मङि्सर १०, २०७

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समानुपातिकतर्फ केही पार्टीको मतको वृद्धि अस्वाभाविक देखिएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले एकीकृत समाजवादीको समानुपातिक मतको वृद्धिदरलाई संकेत गर्दै सुरु देखिको मतगणनालाई नियाल्दा पछिल्लो समयमा अस्वभाविक नतिजा देखिन थालेका आरोप लगाएका छन् ।

Public Patra Insert into Post

उनले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेका छन्,’जिल्ला जिल्लामा मतगणनामा रहनु भएका साथीहरू चनाखो रहनुहोस् ।’‘एउटा पार्टीलाई आएको केही मत ३ प्रतिशत नकट्ने गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्ने जस्ता गलत कार्य पनि हुनसक्छ,’

मतगणनामा प्रतिनिधि रहेका आफ्ना कार्यकर्तालाई मत परिणामको मुचुल्काको प्रति आफ्नो फेसबुकको म्यासेज बक्समा पठाउन अनुरोध गरेका छन् ।अनलाईन खबरमा समाचार छ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2