जिते पछि टीकामाला र अविर जात्रा कति दिन गर्ने नेता ज्यूहरु ?

 मङि्सर ११, २०७

जित्ने सम्पूर्णलाई बधाई ,हार्नेलाई सान्तवना ! कसैलाई जिस्काउने नगरौ ! न जित्ने भगवान हुन, न हार्ने अपराधी! जित्नेहरुलाई मेरो सल्लाह र सुझाव ! नेताहरुले सर्वसाधारण जनताको व्यक्तिगत मोबाईल नम्बर मा एसएमएस र फोन गरेर भोट माग्ने , अनी जितिसकेपछि जनताको के के समस्या छ भनेर फोन गर्न सक्नु पर्यो।

सक्छौ भने गाउँ गएर जनताको समस्या बुझेर कसरी समस्या समाधान गर्ने, वेरोजगार युवालाई कसरी रोजगारको व्यवस्था गर्ने उनीहरूलाई स्वरोजगार कसरी बनाउने, प्रत्येक स्थानिय तह मा सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने जन चाहना अनुरुप काे विकास गर्ने भन्ने छैन ।

Public Patra Insert into Post

जिते पछि टीकामाला र अविर जात्रा कति दिन गर्ने नेता ज्यूहरु ?

हेक्का रहोस २ ओटा गाडी आगाडी पछाडी लगाएर ४ घण्टा भाषण गर्दैैमा समस्या समाधान हुदैन ।

पहिला जुन कुरा बोलेर भोट माग्यौ नि त्यो कुरा त पूरा गर्ने सकेनौ अहिले पनि त्यै कुरा गर्छौ। यदि पहिला जितेर राम्रो काम गरेको भए अहिले हजुरकाे एउटा भोट मलाई भनेर भन्नू पर्ने थिएन सायद तर तपाईंहरूले चुनाव जितेर गएपछि फेरि पनि चुनाव आउछ भनेर सोच्न सक्नु पर्यो र जनताकाे मन जितेर अगि बढ्न सक्नु पर्यो ।

राम्रो काम गर्दै जानुस, साथ दिने वालाको कमि भए पनि इज्जत गर्नेहरूको कमि हुने छैन !! धन्यवाद! सुदन पौडेल दाङ

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2