सुनसरी-१ बाट रास्वपाकी गोमा तामाङलाई हराऊदै जसपाका अशोक राई विजयी

 मङि्सर १२, २०७

सुनसरी-१ बाट प्रतिनिधिसभामा जसपाका उम्मेदवार अशोककुमार राईले जित हासिल गरेका छन् । राईले १७ हजार ५१ मत प्राप्त गर्दै जित हासिल गरेका हुन् ।उनकी निकटतम प्रतिद्वन्दी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले १६ हजार ६०१ मत प्राप्त गरेकी छन् ।

राईलाई एमालेको समर्थन प्राप्त रहेको थियो । राईको यो जितपछि प्रतिनिधिसभाको प्रत्यक्षतर्फ जसपाले सातौ जित हासिल गरेको छ ।

Public Patra Insert into Post
Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2