मेलम्चीको पानी हालियो सुरुङमा,केही दिनभित्र काठमाडौंबासीका धारामा आइपुग्ने

 मङि्सर १२, २०७

काठमाडौंबासीले केही दिनपछि मेलम्चीको पानी पिउन पाउने भएका छन् । वर्षाले भत्काएको प्रवेशमार्गको सुधारपछि मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मुहानबाट सुरुङमा पानी पठाएको छ ।

बाढीले क्षति पुगेको आयोजना स्थलमा बालुवा, ढुङ्गा लगायत हटाएर अस्थायी बाँध बनाएर सुरुङमा पानी पठाएको छ ।

Public Patra Insert into Post

एकसाता भित्रमा सुन्दरीजलमा पानी पुगेपछि प्रशोधन गरेर वितरण केन्द्रमा पठाइने र पानी प्रशोधन भएपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेडले नयाँ तालिका बनाएर पानी वितरण गर्ने छ।

र्षामा बाढी आएर सुरुङमार्गमा क्षति गर्ने भएपछि गत असारदेखि मेलम्चीको पानी बन्द गरिएको थियो । विसं २०७७ चैतमा मेलम्चीको पानी अस्थायी रूपमा राजधानी आइपुगेको थियो ।

पुनः अस्थायी बाँध हालेर काठमाडौंमा पानी पठाउन थालिएको हो । अब हिउँदयामभरी मेलम्चीको पानी निरन्तर रुपमा काठमाडौंका धारामा आउने मेलम्ची खानेपानी आयोजनाको भनाई छ ।

 

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2