फिफा विश्वकप २०२२ मा घानाले ३-२ गोलले हरायो दक्षिण कोरियालाई

 मङि्सर १२, २०७

फिफा विश्वकप २०२२ मा घानाले पहिलो जित हात पारेको छ। सोमबार भएको समूह ‘एच’ को खेलमा घानाले दक्षिण कोरियालाई ३-२ गोलले हराउँदै पहिलो जित हात पारेको हो।

सोमबारको खेलमा घानाले सुरुवातमा दुई गोलको अग्रता लियो। घानाका लागि मोहमद सालिसूले २४ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। ३४ मिनेटमा कुडुस मोहमदले अग्रता दोब्बर पारे।

Public Patra Insert into Post

पहिलो हाफमा २-० गोलको अग्रता लिएको घानाविरुद्ध कोरियाले दोस्रो हाफमा तीन मिनेटको अन्तरमा दुई गोल गर्दै खेललाई बराबरीमा ल्याएका थियो। कोरियाले बराबरी गोल फर्काएको सात मिनेटपछि घानाले खेलमा फेरि अग्रता लियो। घानाका लागि कुडुसले व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा डिबक्स भित्रबाट उत्कृष्ट फिनिसिङ गर्दै टिमको अग्रता ३-२ पुर्‍याएका थिए।

 

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2