मेयर बालेनले सुकुम्बासी बस्ती हटाउनेबारे गरे प्रधानमन्त्रीसँग छलफल

 मङि्सर १३, २०७

बागमती नदी किनारका अवैध संरचना तथा बस्ती हटाउनेबारे काठमाडौं महानगरका मेयर बालेन्द्र शाह बालेनले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका छन् ।

स्थिति असामान्य बनेपछि यसको सहज निकासका लागि सहयोगको अग्रहसहित मेयर शाहले प्रधानमन्त्री देउवासँग छलफल गरेका हुन् ।

Public Patra Insert into Post

महानगरपालिकाले डोजरसहित करिब ३०० नगर प्रहरी परिचालित गरी सुकुम्वासी बस्ती हटाउन खोजेपछि स्थानीय खुकुरी समेत लिएर प्रदर्शनमा उत्रिएका थिए।

उनीहरूले प्रहरीमाथि ढुंगामुढा गरेका थिए। सडकमा टायर बालेर प्रदर्शन गरेका थिए।

सुकुम्वासीहरूले हानेको ढुङ्गा लागेर महानगरका एसपी राजु पाण्डेको टाउको फुटेको थियो।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2