महानगरपालिकाको ढोकामै पुगे सुकुम्बासी, अब के होला ?

 मङि्सर १३, २०७

काठमाडौं । आफूहरुलाई हटाउन खोजेको बिरोधमा थापाथलिस्थित बस्तीका सुकुम्बासीहरु काठमाडौं महानगरपालिका घेराउमा पुगेका छन् ।

मंगलबार बिहान सुकुम्बासीहरु बागदरबारस्थित महानगरपालिकाको कार्यालय घेराउमा पुगेका हुन् ।सोमबार काठमाडौं महानगरपालिकाले थापाथलीस्थित सुकुम्बासी बस्तीमा बनेका संरचना हटाउन डोजर लगेको थियो ।

Public Patra Insert into Post

महानगरपालिकाले डोजरसहित करिब ३०० नगर प्रहरी परिचालित गरी सुकुम्वासी बस्ती हटाउन खोजेपछि स्थानीय खुकुरी समेत लिएर प्रदर्शनमा उत्रिएका थिए।

उनीहरूले प्रहरीमाथि ढुंगामुढा गरेका थिए। सडकमा टायर बालेर प्रदर्शन गरेका थिए।सुकुम्वासीहरूले हानेको ढुङ्गा लागेर महानगरका एसपी राजु पाण्डेको टाउको फुटेको थियो।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2