ओलीलाई बालेनको प्रश्न :के सुकुम्वासीहरु तपाईका लागि भोट बैंक मात्रै हुन् ?

 मङि्सर १३, २०७

काठमाडौँ : काठमाडौँ महानगरका प्रमुख बालेन साहले सुकुमवासीलाई भोटका लागि प्रयोग नगर्न चेतावनी दिएका छन्। मंगलवार उनले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीलाई जवाफ दिँदै यस्तो चेतावनी दिएका हुन्।

ओलीले मंगलवार दिउँसो काठमाडौं महानगरले काठमाडौंको थापाथलीस्थित सुकुमवासी वस्तीमा डोजर चलाएकोप्रति आपत्ति प्रकट गरेका थिए। उनले डोजर चलाउने भए सुकुमवासी समस्या समाधान आयोग किन गठन गरेको भनेर बालेनलाई चुनौती दिएका थिए।

Public Patra Insert into Post

मेयर साहले लुँहिटी (सुनधारा) सक्काएर सेतो टावर किन ठड्याएको‚ हनुमान ढोकाको पुनर्निर्माणमा नेवाः सभ्यताको मौलिकता नासेर विदेशीलाई बनाउन दिएको भन्दै आलोचना गरेका छन्।

बालेनले परिस्थिति फेरिएको बताउँदै सकेको सहयोग गर्न आग्रह गर्दै यसरी कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्न पनि स्पष्ट पारेका छन्।​

उनले सञ्जालमा यस्तो लेखेका छन्,

सम्माननीय पुर्वप्रधानमन्त्री केपी ओलीज्यू,
अधिकारसम्पन्न बागमती सभ्यताको आग्रह र समन्वयमा काठमाण्डौ महानगरले आफ्नो जिम्मेवारी पुरा गर्दै गरेको कार्यप्रति तपाईको धारणा थाहा पाएँ । तपाईबाट नै यस्तो धारणा आउनु सामान्य बिषय हो । किनभने, २०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाण्डौको सुकुम्वासी समस्या समाधान गर्न सक्नु भएन । मन्त्री र पटक पटक त्यो पनि दुईतिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनु भयो तर सुकुम्वासीले भोगेको ३२ वटा जाडो देख्नु भएन । सुकुम्वासीहरु तपाईका लागि भोट बैंक मात्रै रहे । बरु तिनलाई गुठी आन्दोलन जस्ता आफ्नो स्वार्थ विपरितका कुराहरुमा प्रयोग गर्नु भयो । त्यो पनि राजनीतिक स्वार्थवश् । तपाईलाई जनता, नदीनाला र नेवा सभ्यताको त्यत्रो माया भएको भए तपाईको नेतृत्वमा लुँहिटी (सुनधारा) सक्काएर सेतो टावर किन ठड्याउनु भयो ? हुनमान ढोकाको पुनर्निर्माणमा नेवा सभ्यताको मौलिकता नासेर विदेशीलाई निर्माण गर्न दिने कार्यलाई कसरी अगाडी बढाउनु भयो ? यी सबै हेर्दा नेवा सभ्यता जोगाउने, नदिक्षेत्रको अतिक्रमण रोक्ने कार्यको तपाईले बिरोध गर्नु असामान्य होइन ।
तर अब परिस्थिति फेरिएको छ । यसैले सकेको सहयोग गर्नुहोला तर कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोला ।
Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2