कालिञ्चोक दर्शनको आईपीओ आजदेखि आवेदन खुला

 मङि्सर १४, २०७

कालिञ्चोक दर्शन लिमिटेडले आज (मंसिर १४ गते बुधवार) देखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले पहिलो चरणमा १ करोड २० लाख बराबरको १ लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित स्थानीय बासिन्दामा निष्कासन गर्नेछ । जारी पूँजीको १८ प्रतिशत अर्थात् १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख ८ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गर्नेछ ।

Public Patra Insert into Post

आयोजना प्रभावित स्थानीयमा निष्कासन हुने यो आईपीओ छिटोमा मंसिर २८ गते र ढिलोमा पुस १४ गतेसम्म बिक्रीमा रहनेछ । वैदेशिक रोजगारीमा गएका नेपालीले भने मंसिर २८ गतेभित्रै आवेदन दिनुपर्नेछ ।

कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । बिक्री प्रबन्धकसँगै कालिञ्चोक दर्शन लिमिटेडको कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेगा बैंक, सेञ्चुरी बैंक दोलखाको तोकिएका शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट यो आईपीओ खरीद गर्न सकिने व्यवस्था छ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2