पारिजिता बाँस्तोला ‘अमेरिकी द भ्वाइस’ को सेमिफाइनलमा प्रवेश

 मङि्सर १४, २०७

काठमाडौं । पारिजिता बाँस्तोला ‘अमेरिकी द भ्वाइस’ को सेमिफाइनलमा प्रवेश गरेकी छिन् । पारिजिताले गायिका एलेसिया काराको ‘स्कार्स टु योर’ ब्युटिफुल गीत प्रस्तुत गरेकी थिइन् ।

एलेसिया कारा क्यानाडेली गायिका तथा गीतकार हुन् । एलेसियाको गीत पारिजिताले गाएपछि उनले पारिजितालाई बधाई दिएकी छिन् । उनले पारिजिताको प्रस्तुतिलाई सुन्दर र शानदार भन्दै प्रशंसा गरेकी छिन् ।

Public Patra Insert into Post

यस अघिका चरणमा उत्कृष्ट प्रस्तुति दिँदै आएकी पारिजितालाई विश्वभर छरिएर रहेका नेपाली तथा विदेशीहरुले मत दिएको कारण सेमिफाइनल प्रवेश गरेकी हुन् ।

पारिजितालाई थुप्रै नेपाली कलाकारहरुले समर्थन गरि सकेका छन् । उनलाई जिताउन नेपालका चर्चित कलाकारहरूको साथ र सहयोग पनि रहेको छ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2