मङ्सिर २७ गतेसम्ममा काठमाडौँमा मेलम्चीको पानी वितरण गरिने

 मङि्सर १४, २०७

मेलम्ची । खानेपानी मन्त्री उमाकान्त चौधरीले मङ्सिर २७ गतेसम्ममा काठमाडौँमा मेलम्चीको पानी वितरण गरिने बताउनुभएको छ ।

मङ्गलवार मेलम्ची खानेपानीको कार्यप्रगति बुझ्न मेलम्ची खानेपानीको मुहान स्थल अम्बाथान पुग्नु भएका मन्त्री चौधरीले सो कुरा बताउनुभएको हो । गत जेठ दोस्रो सातादेखि बन्द गरिएको मेलम्चीको पानी गत सोमबारदेखि सुरुङमा हाल्न थालिएको छ ।

Public Patra Insert into Post

पानी सुरुङमा हालेको करिब १० देखि १२ दिन पछि काठमाडौँमा पुग्ने मेलम्ची खानेपानी आयोजनाका साइड डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिनुभयो ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2