भिमसेन मा.वि. धुस्कोटको ४२ औं वार्षिकोत्सब सम्पन्न

 मङि्सर १४, २०७

धुस्कोट । बलेफी-३ स्थित श्री भिमसेन माध्यमिक विद्यालयको ४२ औं वार्षिकोत्सब कार्यक्रम भव्य रूपमा सम्पन्न भएका छन् । मंगलबार भव्य समारोहकाबिच विद्यालयले वार्षिकोत्सब कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित नवनिर्वाचित प्रतिनिधि सभा सदस्य माधव सापकोटा सुबोधले समग्र शिक्षा क्षेत्रको सुधारकालागी सदैब लाग्ने बताए । गुणस्तरीय शिक्षाकालागी एउटा पक्ष मात्र नभई सबैपक्ष लाग्नुपर्ने उनको जोड थियो । बागमती प्रदेश सभा सदस्य सरल सहयात्रीले नेपाली समाजमा बढ्दै गएको शिक्षाको खाडल पुर्न सामुदायिक विद्यालयको शिक्षा पद्धतिमा सुधारको आवश्यकता रहेको बताए ।

Public Patra Insert into Post

बलेफी गाउँ पालिका अध्यक्ष गङ्ग बहादुर तामाङले विद्यालयको हरेक समस्या समाधान गर्न पालिका लाग्ने बताए । नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रिय सदस्य बलदेव तामाङले बढ्दो बेरोजगार समस्याप्रति चिन्ता व्यक्त गर्दै रोजगारमुखी शिक्षा प्रणालीकालागी नीतिगत सुधार गरि स्वदेशमै रोजगारीको सृजना गर्नुपर्ने बताए ।

वरिष्ठ पत्रकार ङेम्लिङ लामाले परिवर्तित परिवेश अनुरुपको शिक्षा प्रणालीमा जोड दिनुपर्ने बताए । नेकपा एमाले युवा नेतृ सपना थापाले ग्रामीण भेगमा सानै उमेरमा विवाह गरि बिचमै अध्ययन छाड्ने समस्या जटिल भएको उल्लेख गर्दै सबैपक्ष परिवर्तनकालागी लाग्नुपर्ने बताईन् । वडा अध्यक्ष रितेश तामाङले वडाको ध्यान विद्यालय सुधार र शिक्षाको गुणस्तरमा केन्द्रित रहेको बताए ।

कार्यक्रममा प्रधानाध्यापक सिताराम पाण्डेले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । विद्यार्थीहरुले विविध सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए भने विद्यालयकालागी जग्गा दान गर्ने स्व.पेम्बा लामाकी धर्मपत्नी श्रीमाया तामाङ , ङेम्लिङ लामा र पुर्व गा.वि.स. उपाध्यक्ष जीत बहादुर स्याङतानलाई सम्मान गरेका थिए ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2