निर्वाचन सकिएको दश दिनपछि स्याङ्जा-२ मा राति ९ बजेदेखि गणना हुने

 मङि्सर १४, २०७

निर्वाचन सकिएको दश दिनपछि स्याङ्जा निर्वाचन क्षेत्र नं २ को मतगणना सुरु हुने भएको छ।स्याङ्जा क्षेत्र नं २ मा मतगणनाको विषयलाई लिएर विवाद भएसँगै रोकिएको मतगणना निर्वाचन आयोगको निर्णयसँगै बुधबार राति ९ बजेदेखि गणना हुने भएको हो ।

निर्वाचन आयोगले स्याङ्जा २ को मतगणना सुरु गर्न निर्देशन दिएसँगै मतगणनाका लागि प्रक्रिया थालिएको हो। दिउँसो ४ बजेदेखि सर्वदलीय बैठक जारी रहेको छ । यही मङ्सिर ४ गते निर्वाचन सम्पन्न भए पनि गणना हुन सकेको थिएन।

Public Patra Insert into Post

चापाकोट नगरपालिकाका ३, ४ र ५ का चार वटा बुथमा नेपाली कांग्रेसले कब्जा गरी एकलौटी मतदान गरेको आरोप लगाउँदै नेकपा (एमाले)ले पुनः मतदानको माग गर्दै आइरहेको थियो।

स्याङ्जा क्षेत्र नं २ मा कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ र एमाले केन्द्रीय सचिव पद्माकुमारी अर्याल मुख्य प्रतिस्पर्धामा छन्।

 

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2