फिफा विश्वकप फुटबल अन्तर्गत अर्जेन्टिना र पोल्याण्ड नकआउट चरणमा प्रवेश

 मङि्सर १५, २०७

काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत अर्जेन्टिना र पोल्याण्ड नकआउट चरणमा प्रवेश गरेका छन् ।समुह सी अन्तर्गत पोल्याण्डलाई २-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना समुह सी मा पहिलो हुदै नकआउट चरणमा प्रवेश गरेको हो ।

अर्जेन्टिनाको जितमा अलेक्सिस म्याक अलिस्टर र जुलियन अल्भारेजले एक एक गोल गरेका थिए । अलिस्तरले खेलको ४६औं र अल्भारेजले खेलको ६७औं मिनेटमा गोल गरेका थिए । यस खेलमा खेलको ३९औं मिनेटमा अर्जेन्टिनाले पाएको पेनाल्टी लियोनेल मेस्सीले मिस गरेका थिए ।

Public Patra Insert into Post

उक्त जितसँगै अर्जेन्टिनाको ३ खेलमा ६ अंक भएको छ र समुह सी मा पहिलो हुदै नकआउट चरणमा पुगेको छ । अब अर्जेन्टिनाले नकआउट चरणमा अस्ट्रेलियाको सामना गर्ने छ ।

यता सोहि समुह सी बाट पोल्याण्ड हारका बाबजुत नकआउट चरणमा पुगेको छ । ३ खेलमा ४ अंक रहेको पोल्याण्ड समुहमा उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ । पोल्याण्डले अब नकआउट चरणमा फ्रान्सको सामना गर्ने छ ।

अर्को खेलमा मेक्सिकोले साउदी अरेबियालाई २-१ गोल अन्तरले जितेपनि पोल्याण्डसँग गोल अन्तरले पछि पर्दै मेक्सिको बाहिरिएको छ । मेक्सिकोको पनि ३ खेलमा ४ अंक रहेपनि गोल अन्तरमा पोल्याण्डसँग पछाडी परेपछि विश्वकपबाट बाहिरिएको छ ।

त्यस्तै समुह सी बाट पहिलो खेलमा अर्जेन्टिनालाई पराजित गरेर सनसनी मच्याएको साउदी अरेबिया ३ खेलमा ३ अंकसहित समुहमा पुछारमा रहेर बाहिरिएको छ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2