दोलखामा माओवादीका गंगा कार्कीको शुरुवाती अग्रता,पछ्याउँदै एमालेका बालकृष्ण शिवाकोटी

 मङि्सर १६, २०७

काठमाडौँ । दोलखाको प्रतिनिधिसभा तर्फ माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले शुरुवाती अग्रता लिएका छन् ।मत गणनाको पछिल्लो अपडेट अनुसार माओवादीका उम्मेदवार कार्कीले २६५३ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले १२१९ मत प्राप्त गरेका छन् ।

दोलखाको १० मतदान केन्द्रमा बुधबार पुनः मतदान भएको थियो । मतदान सम्पन्न भएपछि बुधबार राति ९ बजेदेखि नै मत गणना शुरु भएको हो । जिल्लाको बाँकी स्थानमा यही  मङ्सिर ४ गते मतदान सम्पन्न भएको थियो । प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र रहेको दोलखामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए ।

Public Patra Insert into Post

कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेको यस क्षेत्रमा १४ राजनीतिक दल र सात स्वतन्त्र गरी २१ उम्मेदवार रहेका छन् ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2